पोखरा छुट्टी मनाउन हिडेका डाक्टर दम्पती र बच्चा बिमानमै अस्ताए

  नयाँ बुलन्द
1k Shares

इलामः यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ।

वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती सोना दिवाकर रहेको जानकारी प्राप्त भएको छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान पोखराकाे सेती खोचमा विहान १०ः५१ मा दुर्घटनामा परेको थियो । उनीहरु आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन डिंडेका थिए ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले कुरा गर्दै अघिल्लो दिनसम्म शल्यक्रिया गरेर बिदा बसेको बताए ।
डा. सोना दिवाकर भने अहिले पिजिको तयारी गरिरहेका थिए । डा. श्रेष्ठसँग इमर्जेन्सीमा शल्यक्रिया गर्दा कुराकानी भएको थियो,’ डा. मरासिनीले भने, ‘ एक दुई दिन बिदामा बस्ने  भनेका थिए ।’
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार