माङसेबुङकाे बताहा दाेभानमा दुई दिने मक्कर मेला

  नयाँ बुलन्द
189 Shares

इलाम :  किरात समुदायको नयाँ वर्ष ५०८३ एवम् कक्पेक्वा तङनाम (माघे शक्रान्ति) लाई विश्वभरका किरातीहरुले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेका छन् ।

यसै तङनामको अवसरमा इलामको माङसेबुङ गाउँपालिका स्थित वताहा दोभानमा पनि २ दिने मक्कर मेला लाग्दैछ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर १ र २ को संगम स्थल फेवा खोलाको बगर वताहा दोभानमा आज र भोलि  २ दिने मेलाको आयोजना गरिएको छ ।

बताहा दोभान मकर मेला आयोजक समितिले मेलाको व्यवस्थापन सुरु गरेको छ । मेलाको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ ।

मेलामा धाननाच (या:लाङ), केलाङ (च्याब्रुङ नाच), चण्डीनाच, साकेला नाच, आयानीलगायत प्रदशर्न हुनेछ ।

मेलाको आकर्षणका रुपमा इलाम जिल्लाकै ठूलो दावी गरिएको घोर्लेभीर र स्थानीय परिकारहरु रहेको माङसेबुङ १ का वडाअध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।

मेला भर्न इभाङ र गजुरमुखी आसपासका मानिसहरु विहानैदेखि बताहा दोभान प्रस्तान गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार