प्रदेश प्रमुख खापुङद्वारा माधवी ओ माधवी’ पुस्तक चर्चाको उद्घाटन

  नयाँ बुलन्द
126 Shares

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’ को पुस्तक चर्चाको उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताए । मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्रित पार्ने कुरामा प्रदेश प्रमुख खापुङले जोड दिए ।

“त्यो सङ्गीत साधना जोडिएको संस्थाले मलाई पनि जोडिने मौका दिएर धेरै कुरा सिक्ने मौका दिलाएको छ ” प्रदेश प्रमुख पखापुङको भनाई थियो ।

सङ्गीत प्रतिष्ठानको आयोजनामा रहेको ‘माधवी ओ माधवी’ पुस्तकको चर्चामा कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्य वक्ताका रूपमा रहेका थिए ।

त्यसैगरी रङ्गकर्मी प्रज्वल पराजुलीले लेखक केशव दाहालसँग वार्तालाप गरेका थिए । कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङ, वराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाल, साहित्यकार प्राडा. बद्रिविशाल पोखरेल समेतको उपस्थिति रहेको थियो ।

‘सङ्गीत उत्सव –२०७९’ कै रूपमा शुरु भइको कार्यक्रम आज पुस ३० बाट शुरु भई माघ ८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार