पार्टी किन चाहियो सबैले गठबन्धन गरेपछि : गौतम

  नयाँ बुलन्द
35 Shares

फाइल तस्वीर

काठमाण्डौंः  राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन् गरेको टिप्पणी गरेका छन् ।

हिजो बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, “गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन् भएको छ ।” उनलेले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन् भएको दाबी गरे।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार