फराकिलो जितका साथ वडा नं ९ सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द  190 पटक हेरिएको


इलाम ।इलाम नगरकप अन्र्तगत वडा नम्बर ९ विजयी बन्दै सेमीफाइनल प्रवेश गरेको छ । इलाम स्थित ठुलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा इलाम नगरपालिका—१२ माथि ७—० गोल अन्तरको फराकिलो जित दर्ता गर्दै वडा नं ९ अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवातबाटै दबाब बनाएको वडा नं ९ ले खेलको ११ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । विशाल खवासले टिमलाई अग्रता दिलाए । १८ औ मिनेटमा मनिष थापाले अग्रता दोब्बर बनाए । ३३ औ मिनेटमा कप्तान प्रदिप विष्टले गोल गर्दैै अग्रता ३—० बनाए । पहिलो हाफमा स्पष्ट अग्रता बनाएको वडा नं ९ ले दोश्रो हाफमा थप ४ गोल गर्न सफल रहयो । ४५ औ मिनेटमा मनिष थापाले व्यक्तिगत दोश्रो गोल गरे । ४ मिनेट नवित्दै प्रविन राईले अग्रता ५—० बनाए । ७५ औ मिनेटमा प्रविनले व्यक्तिगत दोश्रो गोल गरे । खेलको अन्तिम मिनेटमा विशाले व्यक्तिगत दोश्रो गोल गरे । ७—० को फराकिलो जितसंगै वडा नं ७ ले उपाधि यात्रा सहज बनाएको छ । अब उसले फाइनल प्रवेशका लागि वडा नं ८ संग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको मेन अफ दि म्याच बिजेता टिमका प्रविण राई घोषित भए । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा शनिबार वडा नं ७ र ६ भिड्नेछन् । वडा नं ७ ले वडा नं ११ लाई हराउदै क्वाटरफाइनल खेलमा स्थान बनाएको हो । वडा नं ६ वाई पाउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार