काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ ।
विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । जस अनुसार प्रदेश १ बाट खगेन्द्र माखिम, मधेश प्रदेशबाट कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय, भरतबहादुर खड्का, बागमती प्रदेशबाट – विद्युत बज्राचार्य, गण्डकी प्रदेशबाट धनप्रसाद तामाङ, लुम्बिनी प्रदेशबाट अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर र राष्ट्रिय समितिहरुबाट लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामीले सुझाव संकलन गर्नेछन ।
त्यस्तैगरि जनवर्गीय संगठनहरुबाट रञ्जु ठाकुर, भीम राई, अशेश्वर यादव, गैर भौगोलिक प्रदेशबाट – चन्देश्वर प्रसाद सिंह, मञ्जु अन्सारी र प्रवास विशेष प्रदेश समिति रामसहायप्रसाद यादवले संकलन गर्नेछन ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको हो ।