घनश्याम भूसाल आफ्नै ‘बथानमा’ मिसिदै, शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

  नयाँ बुलन्द
133 Shares

काठमाडौं : एमाले छाडेका नेता घनश्याम भुसाल (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने भएका छन् । शुक्रबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गरेर उनले एकीकृत समाजवादी पार्टीमा समाहित भएको स्वघोषणा गर्ने भएका हुन् ।

उनलाई एमालेमा अपमान गरियो र गएको निर्वाचनमा टिकट दिइएन। एनले त्यसपछि एमालेमा बिद्रोह गरे र एमाले त्यागे । त्यसबेलाको गठबन्धनका साझा उम्मेदवार बने ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएका थिए । पत्रमा भनिएको छ,‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि भुसाललाई माओवादीले समर्थन गरेको थियो । कम्युुनिष्ट राजनीतिमा दर्शनका हिसाबमा अहिलेका यर्थाथवादी विश्लेषक भएपनि कतिपयले उनलाई निर्वाचन लड्न ढंग नप्ग्ने नेताका रुपमा टिप्प्णी गर्छन । यो टिप्पणी कतिपय सवालमा सही सावित भएको छ। त्यसैले उनी प्रतिस्पर्धामा उत्रिएका धेरै संसदीय चुनावमा हार बढी जीत कम हुुने नेतामा पर्छन ।

एमालेमा रहेको बेला अध्यक्ष ओलीको निरंकुश शैलीविरुद्ध लड्ने नेतामा उनीपनि एक पर्छन । तर एमाले बिभाजन भएर एकीकृत समाजवादी बन्दा भूसाल एमालेमै रहे । जसरी सिंहले बाछाको शिकार गर्न माउबाट अलग बनाउँछ त्यसैगरी उनीपनि आफ्नो बिचार समूहबाट अलग भएर एमालेमा नै बसे। त्यसपछि उनी पछिल्लो पल्ट ओलीको शिकार बन्न पुगे ।

उनलाई एमालेमा अपमान गरियो र गएको निर्वाचनमा टिकट दिइएन । उनले त्यसपछि एमालेमा बिद्रोह गरे र एमाले त्यागे उनी पछि त्यसबेलाको गठबन्धनका साझा उम्मेदवार बने । उनले अन्ततः एमालेमा रहेको बेलाको बिचार समूहका नेता तथा कार्यकर्ता मिलेर गठन गरेको एकीकृत समाजवादीमा आफुलाई समाहित हुन सहत भएर सो पार्टीसंग ३ बुँदे शर्त अगाडि सारे। सो पार्टीले भूसालको तीन बुँदे शर्त स्वीकार गरेका कारण उनी शुक्रबार विधिवत एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । एकीकृत समाजावादीका महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेख्दै आफ्नो पार्टीमा स्वगत गर्न तयार भएको प्रतिवद्धता प्रकट गरेका छन् ।

वेदुरामले पत्रमा लेखेका छन् ‘तपाइँले हाम्रो पार्टीको ‘वाम एकता वार्ता समिति’लाई सम्बोधन गरेर’ नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी लिखित रूपमा प्रस्तुत गर्नुभएका प्रस्तावहरू अध्ययन गरियो र केन्द्रीय सचिवालयको बैठकमा समेत छलफल गरियो । तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् । इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरू हाम्रा साझा विरासत हुन्, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्कायो र नेकपाको विभाजनपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुबै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के तर नेकपा (एकिकृत समाजवादी) सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको छ र ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन ।’

पत्रमा अगाडि लेखिएको छ ‘नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णयप्रति नेकपा एकीकृत समाजवादी) अहिले पनि प्रतिबद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो । समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौं, त्यसमा नेकपा (एकीकृत समाजवादी आज पनि प्रतिबद्ध छ ।’

‘पार्टी निर्माण सम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् । त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ । यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिष्ट समूह र व्यक्तिहरूलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध गर्ने कार्यमा हामी सबै सकृयतापूर्वक लागौं भन्ने पनि अनुरोध छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार