इलाम : इलाम नगरपालिका भित्र निमार्ण भएका विकास योजनाको अनुगमन लाई नगर प्रमुख केदार थापाले तिब्रता दिएको छ । प्रमुख थापाले नगरपालीकाका १२ वटै वडामा निर्माणाधिन योजनाको गुणस्तरता कायम राख्न प्राबिधिक सहितको टोलि लिएर निरीक्षणकार्य लाई प्राथमिकतामा राखेका हुन ।
बिहिबार नगर प्रमुख थापाको नेतृत्वमा इलाम नगरपालिका वडा न ६ सेतिदेवि र देउमाइ नगरपालिका वडा न ६ फुटुक जोड्ने पुलको निरीक्षण गरिको छ । पुवाखाेलामा निमाणाधिन अवस्थामा रहेको मोटरेबल पक्कि पुल करिब २७ मिटर लामाे रहेको छ । ४ कराेड १८ लाख १ हजार ६३ रुपैयाँको लागतमा निर्माण भइरहेको पुल २०८१ आषाढमा सम्पन्न हुने छ । यो पुल निर्माण पश्चात् इलाम नगरपालिका ११ सहित देउमाईमा नागरिकलाई सहज हुन ठानिएको छ ।
यस्तै बिहिबार नै अन्य दुई सडकको समेत निरीक्षण गरिएको छ । मेची राजमार्ग -लेन्डफिल्ड साईड- साङरुम्बा र इन्टेक टुडिखेल सडकको समेत अवलोकन गरिएको हो ।
निर्माण भएका योजनाको दिगोपना र गुणस्तरिय कायम राख्नका लागि अनुगमन आवस्यक रहेको प्रमुख थापाको भनाई छ ।
नगरमा भएका सबै योजनाको अनुगमलाई निरन्तरता दिने बताउदै प्रमुख थापाले इलामलाई नमुना नगरपालिका बनाउनेमा सबैलाइ हातेमालो गरी अगाडी बढनु पर्ने बताए । उनले कुन ठाउँका के आवश्यक छ त्यसको पहिचान गरेर स्थानीय नागरिक संग छलफल गरेरमात्र नगरका योजना संचालक गरिने समेत बताएका छ्न ।
बिहिबार गरिएको अनुगमन टोलीमा इलाम नगरपालिका ४,७,९ वडाका वडाअध्यक्ष, नगरपालिकाका इन्जिनियर ,सब इन्जिनियर , स्थानीय नागरिक साथै पत्रकारको उपस्थिति रहेको थियो ।