पाँचथर: पाँचथरमा सुत्केरी महिलाको मृत्यु भएको विषय थप पेचिलो बन्दै गएको छ । कुम्मायक गाउँपालिका २ माङ्जाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को गताहप्ता बुधबार साँझ ज्यान गएको थियो।
मृतक मनिषाका माईती पक्ष र घरबाट स्वास्थयकर्मीको लापर्वाहीका कारण मनिषाको ज्यान गएको आरोप लगाएका छन्। पुस २० गते १० बजे स्वास्थ्य चौकी माङ्जाबुङमा प्रसुतीका लागि ल्याइएको महिलाले ११:५५ बजे सामान्य अवस्थामा छोरालाई जन्माएकी थिइन् । मृतककी काकी टिका गड्तौलाले स्वास्थ चौकी समयमै पुर्याएको र बच्चा जन्मिएको बताइन् । त्यसपछि लगातार रक्तश्राव हुनथाल्यो । “हामीले पटक स्वास्थ्य अवस्थाका बारे बुझेपछि अन्य ठाउँ रेफर गर्न आग्रह गर्दा नआतिनु यही ठीक हुन्छ भन्नु भयो स्वास्थ्यकर्मीले,उनले भनिन् । सुत्केरीको प्राण जाने बेलामा मात्रै रेफर गरिदिएको मृतक मनिषाका जेठाजु नेत्रप्रसाद गड्तौलाले आरोप लगाउँदै स्वास्थ्यकर्मीकै लापर्वाहीले ज्यान गएको बताए । स्थानीय रेनुका निरौलाले पनि स्वास्थ्यकर्मीको लापर्वाहीले उनको ज्यान गएको बताइन् । सवारी साधन नपाएर ज्यान गएको नभइ स्वास्थ्यकर्मीको हेलचेक्र्याँइ भएको दावी गरिन् ।
यता स्वास्थ्यचौकी माङ्जाबुङका इन्चार्ज सुचिन्द्र मेहेताले भने “सबै कुरा ठिक थियो,दिँसो ३ बजे जाउली खाना पनि सुत्केरीले खाएकी थिइन् ।” तर एक्कासी ४ बजे दिउँसो बेहोस भएर पश्चात केहि समयपछि स्वास्थ्य चौकीले अस्पताल रेफर गरिदिएको दाबी गरेको छ ।
महिनाषाका दाजु मदनले स्वास्थ्य चौकीले नसक्ने थाहा पाएरपनि रेफर गर्न आनाकानी र लापर्वाहीका कारणनै बहिनीले ज्यान गुमाउनु परेको दुखेसो गरेका छन् । नर्मल डेलिभरी भएकी बहिनीको अस्पतालमा पोष्टमाटम रिपोर्टमा इन्टर्नल ब्लिडिङ र प्रेसर लो भएर ज्यान गएको पाँचथर अस्पतालका प्रमुख डा.बुद्धिबहादुर थापाले बताए । प्रसुतीपछि हुने अत्यधिक रक्तश्रावकै कारण उनको मृत्यु भएको बताए। समयमानै अस्पताल ल्याएको भए मनिषालाई बचाउन सकिने उनले बताए । मृतक सुत्केरीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । जिल्ला अस्पताल र स्वास्थ्य चौकी बाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसुती सेवा उपलब्ध छैन् ।-विश्वसंचारबाट