माओवादी केन्द्र माङसेबुङको विशेष अधिवेशन, अध्यक्षमा चवेगू निर्वाचित

  नयाँ बुलन्द
1.4k Shares

माङसेबुङ : नेकपा (माओवादी केन्द्र) माङेबुङ गाउँ कमिटो अध्यक्षमा पृथीमान चवेगू निर्वाचित भएका छन् ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा सम्पन्न विशेष गाउँ अधिवेशनबाट चवेगू निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनले चवेगूको अध्यक्षतामा सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा नरहादुर आङदेम्बे, विगेन्द्र योङहाङ (देवीकुमार) र समिक्षा खड्का, सचिवमा भूपाल योङहाङ, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा विष्णु राई निर्वाचित भएका छन् ।

सदस्यहर लक्ष्मी कार्की डोलीसहित अघिल्लो अधिवेशनबाट निर्वाचित सबै सदस्यहरु रहेका छन् ।

अघिल्लो अधिवेशनबाट निर्वाचित गाउँ कमिटी अध्यक्ष क्षुमन राई (जनम) प्रदेश कमिटी सदस्यमा निर्वाचित भएपछि तत्कालीन उपाध्यक्ष पृथिमान चवेगु कार्यवाहक अध्यक्ष बनेका थिए । सो कमिटीलाई वैधानिक बनाउन विशेष अधवेशन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
तत्कालिन कार्यवाहक गाउँ कमिटी अध्यक्ष चवेगूको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् ईलाम जिल्ला ईन्चार्ज धिरेन्द्र शर्मा (रमण), प्रदेश कमिटी सदस्य एवम् इलाम जिल्ला संयोजक विजय खम्बू, प्रदेश कमिटी सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राई (जनम), इलाम जिल्ला समन्यव समिति सदस्य एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत गाउँ कमिटी उपाध्यक्ष नरबहादुर आङदेम्बेले र संचालन सञ्चालन गाउँ कमिटी सहसचिव शुरेस राईले गरेका थिए ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

यसैबीच सोही कार्यक्रमा गएको स्थानीय तहको निर्वचनमा माओवादी केन्द्रबाट माङसेबुङमा निर्वाचित तीन जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भूपाल योङहाङ र सोही वडाकी दलित महिला सदस्य सिर्जना मगराती र वडा नम्बर ३ का वडा अध्यक्ष लक्षुमन राई (जनम) लाई सम्मान गरेको हो ।

उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज शर्माले सम्मानपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार