माओवादीबाट निर्वाचित माङसेबुङका जनप्रतिनिधिलाई सम्मान

  नयाँ बुलन्द
469 Shares

माङसेबुङ : गत स्थानीय तहको निर्वचन २०७९ मा माओवादी केन्द्रका तर्फबाट माङसेबुङ गाउँपालिकाका विभिन्न पदमा निर्वाचित तीन जना जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रले सम्मान गरेको छ ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा भएको माओवादी केन्द्रको विशेष गाउँ अधिवेशनको अवसरमा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा माङसेबुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भूपाल योङहाङ र सोही वडाकी दलित महिला सदस्य सिर्जना मगराती र वडा नम्बर ३ का वडा अध्यक्ष लक्षुमन राई (जनम) रहेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज शर्माले सम्मानपत्र प्रदान गरेका थिए ।

नेकपा माओवादी केन्द्र गाउँ कमिटीका कार्यवाहक अध्यक्ष पृथीमान चवेगूको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् जिल्ला शर्मासहित, प्रदेश कमिटी सदस्य एवम् इलाम जिल्ला संयोजक विजय खम्बू, इलाम जिल्ला समन्यव समिति सदस्य एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, गाउँ कमिटि उपाध्यक्ष समिक्षा खड्कालगायतले बधाई र शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत गाउँ कमिटी उपाध्यक्ष नरबहादुर आङदेम्बेले र संचालन सञ्चालन गाउँ कमिटी सहसचिव शुरेस राईले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार