सन्दकपुर गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई

  नयाँ बुलन्द
189 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँपालिकाले प्रथम चौमासिकमा भएका कामको प्रगति, त्यसमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराको सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनुवाई आयोजना गरेको हो ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष हरी लुङ्गेलीसहित जनप्रतिनिधि, वृद्धिजिवी, कर्मचारी, संचारकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश राईले गाउँपालिकाले लिएका नीति र कार्यान्वयन गरेको योजनाका बारेमा जनताको प्रत्यक्ष सुझाव लिने उदेश्यले चौमासिक रुपमै सार्वजनिक सुनुवाईको आयोजना गरेको बताए ।  कार्यक्रममा गाउँपालिका योजना शाखा प्रमुख टिका बस्नेतले प्रथम चौमासिकमा गरिएका कामका बारेमा प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

प्रगति प्रतिवेदन सार्वजनिक भएपछि सुनवाईमा सहभागि सर्वसाधारणले बहुवर्षे विकास आयोजनाको प्रगति, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सहकारी क्षेत्रको विकासका बारेमा जिज्ञाशा राखेका थिए । सर्वसाधारणको जिज्ञाशाको मेटाउने काम गाउँपालिकाकाको बिषयगत शाखा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरुले गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काग्रेसका गाउँपालिका सचिव ज्ञान बहादुर राई, नेकपा एमालेका अध्यक्ष गिरिराज खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य जीवन शिवा, समाजसेवी हरि पराजुली, प्रेमनाछिरिङ राईले सन्दकपुर गाउँपालिकाले गरेका हरेक काममा सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रहर राई, ,२ का अध्यक्ष सनम राई, ३ का अध्यक्ष लिला बुर्जा, ४ का अध्यक्ष ढाल बहादूर गुरुङ र ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उठेका प्रश्नको आर्थिक प्रशासन शाखाका युवराज नेपाल, पशु शाखा प्रमुख सविन भट्टराई, स्वास्थ्य शाखा प्रमुख मनोज कुमार धुरझार, प्राविधिक शाखाका सव–इञ्जिनियर राजकुमार यादव, आन्तरिक लेखा परिक्षक सरोज दाहाल, कृषि शाखा प्रमुख रोशन खतिवडा, शिक्षा शाखा प्रमुख सुनिल निरौलाले सार्वजनिक सुनुवाईमा सहभागीले बिषयगत रुपका बारेमा राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जनताका मागलाई एकै वर्षमा पुरा गर्न बजेटको र आन्तरिक आयले नपुग्ने भएकाले प्राथमिकताका साथ काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार