माङसेबुङ : इलामको मामङसेबुङ गाउँपालिका ३ स्थित आदिपुर खानेपानी निर्मा योजना संचालनका लागि उपभोक्ता समिति गठन भएको छ ।
शुक्रबार वडा अध्यक्ष लक्षमण राई (जनम) को अध्यक्षता र वड सचिव पुष्कर कार्कीको रोहवरमा लाभान्वित क्षेत्रको भेलाले उपभोक्ता समिति गठन गरेको हो ।
समितिका अध्यक्षमा पूर्णकुमार साम्बा चयन भएका छन् । उपाध्यक्षमा राजेन्द्र आश्रदेम्बे, सचिवमा सुमन साम्बा र कोषाध्यक्षमा भिमकुमारी नेम्बाङ साम्बा चयन भएका छन् ।
सदस्यहरुमा पविहाङ्मा लिम्बू, दिलकुमारी राना र काजीमान राई चयन भएका छन् ।
त्यस्तै टंकप्रसाद साम्बाको संयोजकत्वमा ३ सदस्यीय अनुगमन तथा सहजीकरण समिति गठन भएको छ । सदस्यहरुमा सिताकुमारी लावती र जयकुमार राई चयन भएका छन् ।
सो योजना संचालनका लागि माङसेबुङ गाँउपालिकाको आर्थि वर्ष २०७९/०८० को बजेट कार्यक्रम अन्तर्गत वडा सिलिङबाट ३ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।