माङसेबुङ-३ मा माओवादी केन्द्रको टोल कमिटी

  नयाँ बुलन्द
931 Shares

माङसबुङ : इलामको माङसेबुङ गाउँपालिका–३ स्थित वालिङ भञ्ज्याङ (लोरुहाङ कोयू) टोलमा नेकपा (माओवादी केन्द्र) को टोलस्तरीय कमिटी गठन भएको छ ।

विहीबार भएको टोलबासीहरुको भेलाले बुद्धिबहादुर राईको अध्यक्षतामा टोल कमिटी गठन गरेको हो । कमिटीको सचिवमा अशोककुमार राई चयन भएका छन् ।

सदस्यहरुमा संजिव राई, सन्तकुमार राई, रुपमान राई, शिवकुमार राई, बिबराज राई, राजकुमार योङहाङ, भगीराज थेगिम, रैते राई (मनी), रुखमान राई, शुशिला देवान र रुपदेवी राई रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जनम राई, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राम योङहाङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार