घुर्बिसेमा कोरियन भाषाको कक्षा सञ्चालन,स्थानीय विद्यार्थीलाई सहज

  युद्धबहादुर बोहोरा
4.7k Shares

घुर्बिसे पञ्चमीः इलाम र पाँचथरको सिमानामा रहेको घुर्बिसे पञ्चमीमा कोरियन भाषाको कक्षा संचालन गरिएको छ ।

एभरेष्ट करियर कोरियन एकेडेमी सुर्यविनायक भक्तपुरले बुधबारदेखि आफ्नो शाखा विस्तार गर्दै कक्षा सञ्चालन गरेको हो ।

कोरियन भाषा पढ्न इच्छा र आकांक्षा हुँदाहुँदै पनि आफ्नो घरायसी परिस्थितिले पढ्नका लागि अन्य ठाउँ जान नपाएर वञ्चित भएका ग्रामीण क्षेत्रका विद्यार्थीलाई मद्दत पुगोस भन्ने उश्यले दक्ष र  अनुभवि प्रशिक्षकहरुबाट शाखा शुरुवात गरिएको संचालक संजय प्रसाईले जानकारी दिए ।

आवश्यक्ता अनुसार विद्यार्थीको तहअनुसार छुटाछुटै कक्षाको व्यवस्था गर्दै इन्टिच्युटको आफ्नै पाठ्यपुस्तक तथा अन्य सहयोगी पाठ्य सामग्रीको माध्यमबाट बेसिक लेबलदेखि पठनपाठन गराइने उनले बताए ।

सरल ढंगले शिक्षण गराउँदै हरेकदिन टेष्ट क्लास  लिई विद्यार्थीहरुको प्रगति विवरण चुस्त दुरुस्त राखी आवश्यक सरसल्लाह, अतिरिक्त कक्षाहरु तथा पाठ्य सामग्रीहरुको व्यवस्था गरिने भएको छ । विद्यार्थीको माग र चापलाई ध्यानमा राखी दैनिक विहान ७ बजेदेखि ८:३०,१२ बजेदेखि १ बजे र दिउँसो ३ बजेदेखि ४:३० सम्म कक्षा सञ्चालन हुने जनाइएको छ ।

सहभागी विद्यार्थी छवि निरौला भन्छन्, ‘स्थानीय ठाउँमा कोरियन भाषा कक्षा सञ्चालन हुँदा घरको काम र आफ्नो व्यवहार सम्हालेर पनि सिक्ने अवसर पाइयो,’हामी जस्ता ग्रामीण भूगोलमा बसोबास गर्ने विद्यार्थीलाई सहज बनेको छ ‘ उनले भने ।

ईपीएस टपिकको परीक्षालाई मध्यनजर गरी परीक्षामा विद्यार्थीहरुले सामना गर्नु पर्ने सम्भावित समस्याहरुलाई सम्बोधन गर्ने गरी दैनिक मोडेल टेष्ट लिइने भएको छ । यस क्षेत्रका विद्यार्थीलाई अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यहींबाट अन्तिम परीक्षा तयारी कक्षाको समेत व्यवस्था गरिने हुँदा सरोकारवाल विद्यार्थीले मौकाको फाइदा लिन संचालक प्रसाईले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार