इलाम : इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा तीन दिवसीय विज्ञान तथा गणित प्रर्दशनी एवम प्रतियोगिता सकिएको छ ।
‘व्यवहारिक शिक्षा प्रयोगात्मक सिकाई, सूर्योदय नगरपालिकाको पहिलो रोजाई’ भन्ने मुख्या नाराका साथ गत १५ पुसदेखि करफोक माध्यमिक विद्यालयमा संचालित प्रर्दशनी आइतबार सकिएको हो ।
सूर्योदउय नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको भएको कार्यक्रममा आधारभुत तह विज्ञान प्रर्दशनीमा करफोक माविले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेको छ ।
ज्योती माविले द्वीतीय स्थान हासिल गर्दै १५ हजार र सनराइज अंग्रेजी विद्यालयले तृतीय बन्दै १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
त्यसैगरी आधारभुत गणित प्रर्दशनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेको छ । फिक्कल माविले द्वितीय स्थान हासिल गर्दै १५ हजार र नर्वदा कल्याण अंग्रेजी विद्यालयले तृतीय स्थान हासिल गर्दै १० हजार प्राप्त गरेको छ ।
माध्यमिक तहतर्फ गणित प्रर्दशनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै २० हजार प्राप्त गरेको छ । कृष्णाश्रम माविले द्वितीय स्थान हासिल गर्दै १५ हजार र एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले तृतीय स्थान हासिल गर्दै १० हजार प्राप्त गरेको छ ।
माध्यमिक तह विज्ञान प्रर्दशनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेको छ । एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले द्वितीय स्थान हासिल गर्दै १५ हजार र पञ्चकन्या बोडिङ स्कूलले तृतीय स्थान हासिल गर्दै १० हजार प्राप्त गरेको छ ।
शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रम नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता भएको थियो ।
प्रर्दशनीमा ४० विद्यालयका ३५० विद्यार्थी र १ सय शिक्षक सहभागी थिए । प्रर्दशनीको दैनिक १ हजार ५ सय भन्दा बढिले अवलोकन गरेका थिए । प्रर्दशनीमा प्लाटोनियम र भिर सेट समेत अवलोकनको लागि राखिएको थियो । सहभागी सवै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सबै सहभागी बिद्यार्थी र शिक्षकको लागि दैनिक खाजा र यातायात खर्चको व्यवस्था गरिएको थियो । प्रर्दशनीमा करिब १० लाख रुपैया खर्च भएको शिक्षा शाखाका प्राविधिक नविन पौडेलले जानकारी दिए ।
सूर्योदयले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्दे उद्धेश्यले हरेक बर्ष विज्ञान तथा गणितको प्रर्दशनी र प्रतियोगिता गर्दै आएको छ । गत बर्ष प्रर्दशनी कन्याम स्थित कृष्णाश्रम माविमा सम्पन्न गरिएको थियो ।