सार्वजनिक ऋण २० खर्ब नाघ्यो

  नयाँ बुलन्द
91 Shares


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको बाह्य ऋण १० खर्ब ५० अर्ब छ भने आन्तरिक ऋण ९ खर्ब ५७ खर्ब बराबर छ ।

यो आँकाडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको छ भने आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको छ ।

गत असार मसान्तको तुलनामा असोजसम्ममा सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब थियो । चालू आवको पहिलो तीन महिनामा सरकारले २४ अर्ब ७० करोड बाह्य ऋण उठाएको छ । यो अवधिमा आन्तरिक ऋण भने उठाएको छैन् ।

पहिलो त्रैमासमा पाँच अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको छ । विदेशी मुद्रमा लिएको ऋण विनिमयदरमा भएको वृद्धिका कारण पाँच अर्ब ५२ करोड थप तिर्नुपर्ने भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार