ग्रेनाइट पड्किएर पुरानो पञ्चमीका ८ वर्षीय एक बालक घाइते

  युद्धबहादुर बोहोरा
12.4k Shares

इलामः ग्रेनाइट पड्किएर पुरानो पञ्चमीका ८ वर्षीय एक बालक शनिबार बिहान ११:३० बजे घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ८ वर्षीय निरज खड्का रहेका छन् । इलाम फाकफोकथुम १ नम्बर वडास्थित अँधेरी घर भइ हाल सोही वडामा पर्ने पुरानो पञ्चमी बजारमा बस्दै आएका मनोज खड्काका छोरा घाइते भएको प्रहरी चौकी फाक्तेपका प्रहरी सहायक निरीक्षक रामनारायण माझीले जानकारी दिए ।

राँके-रवि सडक अन्तर्गत इलामको फाकफोकथुम १ नम्बर वडा र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडाको सिमानामा पर्ने उक्त बजारदेखि पाँच सय मिटर मुनि पाँचथर तर्फ शनिबार बिहान उनका साथीहरु १२ वर्षीय पवन खड्का र ११ वर्षीय उमेश आङ्देम्बेसंग घाँस दाउरामा गएको बेला जंगलमा खिया लागेको हरियो डल्लो भेटिएको जनाइएको छ ।

जंगलमा भेटिएको ग्रेनाइटलाई खेलौना सम्झिएर खेलाउँदै ल्याउने क्रममा बजार छेउ इलामतर्फ खाम्बाङ जाने बाटोमा आकस्मिक पड्किएर बालक घाइते भएको प्रहरीले जनाए । दाँया छाती,पेट र मुखमा रगत बगिरहेका बिरामी बालक सामान्य बोल्ने सक्ने अवस्थामा रहेको र उनलाई तत्काल उपचारको लागि झापा पठाइएको छ । उनका अन्य साथीलाई भने केही नभएको जनाइएको छ । ह्याङ्गीङ ग्रेनाइट हुन सक्ने प्रहरीले बताउँदै कहाँ र कसरी त्यहाँ आयो  घटना बारे थप अनुसन्धान गरिने बताइएको छ ।

पारिवारिक अवस्था नाजुक रहेका बालकको उपचारको लागि घटनाको जानकारी पाएपछि फाकफोकथुम गाउँपालिकाबाट पनि सहयोग गरिने पालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार