मेलमिलापकर्ता उत्पादन गर्दै माङसेबुङ गाउँपालिका

  नयाँ बुलन्द
280 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन गर्ने भएको छ । स्थानीय स्तरमा मेलमिलाकर्ता उत्पादन गर्न गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन तालिम सुरु गरेको छ ।

माङ्सेबुङ गाउँपालिका न्यायीक समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा ४८ घन्टे (८ दिने) मेलमिलापकर्ता आधारभुत तालिम सुरु भएको हो ।

तालिममा गाउँपालिकाका वडास्तरबाट छनौट भएका दुई दर्जन बढी सहभागी छन् । सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता पारस राईले सहजीकरण गरिरहेका छन् ।

तालिम माङसेबुङ गाउँपालिकाको सभाहलमा संचालन भईरहेको छ । तालिम २२ पुससम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार