इलाम : इलामको इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ । इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो ।
जिल्लाकै एकमात्र पचास सैयाको सरकारी अस्पतालमा स्थापना गरिएको हेल्प डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ । हेल्पडेक्सको आज एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख केदार थापा र नगर उपप्रमुख बिष्णु कुमारी दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अस्पतालमा सेवा लिन आउँदा जेष्ठ नागरिक, अपाङ्गता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सहज सेवा दिन हेल्प डेस्क स्थापना गरिएको बताए । इलाम अस्पतालमा केही समय अगाडी बाट मात्रै प्रमुख थापाकै पहलमा डाईलासिस सेवा समेत सुरु भएको छ ।