
इलाम : इलाम नगरपालिका वडा नम्बर ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरको कार्यक्रम अन्तरगत पालिकाले बिहिबार सेवा केन्द्रको उद्घाटन गरि संचालनमा ल्याएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले गरेका हुन ।

नगरले समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएसँगै वडामा नै स्वास्थकेन्द्र स्थापना गरिएको नगरपालिका प्रमुख थापाले जानकारी दिए । नगरप्रमुख थापाले हिजो अस्पतालबाट प्राप्त हुने सेवाहरु अब वडामै हुने भएकोले नागरिकहरुले चाडो स्वास्थ्य सुविधा पाउने बताए । ‘अस्पतालबाट हुने आधारभूत स्वास्थ्य सेवाहरु अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट हुन्छ,’ नगरप्रमुख थापाले भने–‘अब सामान्य उपचारको लागि अस्पताल गैराख्नुपर्दैन् ।’

इनपा ३ को बाघखोरमा घर भाडामा लिएर स्वास्थ्य सेवा केन्द्रको कार्यालय राखिएको छ । ‘आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको लागि पनि आवश्यक पहल चाडै सुरु गरिने समेत बताए । उनले यो स्वास्थ क्षेत्रमा पहिलो स्थापना भएको बताउदै निकट भबिस्यमा यहाँ ट्रमा सेन्टर स्थापना गरिने समेत बताएका छन ।

कार्यक्रममा नगरपालिकाकाकि उपप्रमुख बिष्णु कुमारी लिम्बुले यो सेवा केन्द्र स्थापनाले इलाम नगरका बासिन्दा लाई मात्र नभएर छिमेकी पालिकाका बासिन्दालाई समेत सहजता हुने बताईन । यता प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट गर्भवती जाँच, स्वास्थ्य स्वयंसेविकाले दिने सेवा, सामान्य बिरामी जाँच तथा औषधि उपचार लगायतका आधारभुत स्वास्थ्य सेवा साथै औषधिहरु निशुल्क वितरण हुने बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले अहेब र अनमी राखेर सेवा सञ्चालनमा ल्याईएको छ । कार्यक्रममा बिभिन्न वडाका अध्यक्ष साथै स्थानीयको उपस्थिति रहेको थियो ।

























































