जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट

  नयाँ बुलन्द
504 Shares

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्। जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन् । यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन् । यो घटनाले जसपामा विवाद देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार