दोस्रो चुलाचुली पाठशाला नाट्य उत्सव माघ ११ र १२ मा हुने

  नयाँ बुलन्द
133 Shares

इलाम : दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव आगामी माघ ११ र १२ मा हुने भएको छ ।

चुलाचुली रंगमञ्चको नवौं वार्षिक उत्सवको अवसरमा दोस्रो संस्करणको चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गर्न लागिएको चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए ।

शैक्षिक संस्था र विधार्थीहरुमा लक्षित उत्सवमा खुला नाटक मञ्चन गर्ने भएको हो । नाट्य उत्सवमा ११ वटा नाटकले सहभागिता जनाउनेछन् । नाट्य उत्सवमा चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी ६ वटा विद्यालय, जिल्ला बाहिरबाट तीन वटा नाट्य संस्था र आयोजक रंगमञ्चबाट दुई वटा होम प्रोड्क्सन नाटक मञ्चन हुने भएको छ ।

नाट्य उत्सवमा इलामबाट बालज्योति मावि चुलाचुली ४, भानु मावि चुलाचुली ५, पञ्चकंन्या आधारभुत विद्यालय चुलाचुली २, अमृत बोर्डिङ स्कूल चुलाचुली २, पञ्चबुद्ध अंग्रेजी स्कुल चुलाचुली ४, जनता मावि बाह्रगोठे चुलाचुली २ सहभागी हुनेछन् ।

जिल्ला बाहिरबाट कदम थिएटर र सर्वोदय ईङ्लिस बोर्डिङ स्कुल झापा, हाम्रो थिएर फिदिम पाँचथर, शब्द थिएटर र रेडस्टार बोर्डिङ्ग स्कुल पथरीशनिश्चरे सहभागी हुनेछन् ।

‘प्रकृतिको सत्सङगमा जाऔं, रंगकर्ममा रमाऔं र आफु स्वयमसँग सम्बाद गरौं’ भन्ने मूल नाराका साथ चुलाचुलीको पर्यटकीय क्षेत्र शिवओरक मिलन पोखरी पर्यटन क्षेत्रमा नाट्य उत्सव हुन लागेको हो ।

चुलाचुली गाउँपालिकाको सहयोग र डिस्का संयुक्त राज्य अमेरिका र इलाम समाज हङकङको सहकार्यमा करिब ६ लाख २५ हजार लगानीमा नाट्य उत्सव हुनेछ ।

नाट्य उत्सवमा ११ वटा नाटक मञ्चन, फाइन आर्ट कार्यशाला, फोटो प्रर्दशनी, नाटक कार्यशाला ,विभिन्न जातजातिको लोकबाजा, झाँकी प्रर्दशनी र रंगमञ्च अन्रसंवाद कार्यक्रम रहने पाठशाला नाट्य उत्सव आयोजक समितिका अध्यक्ष आङथुपोले जानाकारी दिए ।

२०७० देखि नाटकमा सक्रिय हुँदै आएको चुलाचुली रंगमञ्चले २०७६ मा पहिलो संस्करणको चुलाचुली नाट्य पाठशाला आयोजना गरेको थियो । रंगमञ्चले नेपाल नाटक महोत्सवहरुमा दर्जनौं नाटकहरु मञ्चन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार