![](https://www.nayabulanda.com/wp-content/uploads/2022/12/hemraj-300x269.jpg)
तिम्राे मुटुमा
प्रिति राेपेर
उमार्न खाेजे प्रतिकाे बीउ
बनायाै तिमिले
मुटुलाई पत्थर
तिम्राे
पत्थरकाे मुटुमा
अाशु र रगतले
सिचाइ गरेर
फलाउन खाेजे प्रेम
तर पत्थरकाे मुटुलाई
अर्जापेर बनायाै
धारिलाे हतियार
मैले छुन खाेजे
म काटिए
स्पर्श गर्न खाेजे
म काटिए
सुम्सुम्याउन खाेजे
म काटिए
प्रितिकाे बीउ उमारेर
प्रेम फलाउने
प्रेमिल लडाईमा
काटिएर
भयाे छिया छिया
मेराे मुटु
न उमार्न सके प्रितिकाे बीउ
न फलाउन सके प्रेम
तिम्राे
धारिलाे पत्थरकाे मुटुमा
आजकल
हरेक साझ विहान
मायाले स्पर्श गर्दै
मायाले सुम्सुम्याउदै
रगत र पसिनाले धाेएर
जाेडिरहेकाे छु मल्हमले
तिम्राे धारिलाे
पत्थरकाे मुटुले
छिया छिया पारेकाे
मेराे मुटुलाई