भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ निलम्बित, संसद् बैठकमा भाग लिन नपाउने

  नयाँ बुलन्द
231 Shares

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् ।

संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ । यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार