चुलचुलीमा देवेन्द्र तुम्रोको अध्यक्षतामा पालिकास्तरीय युवा तथा खेलकुद समन्वय समिति गठन

  नयाँ बुलन्द
182 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय युवा तथा खेलकुद समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र युवा तथा खेलकुदको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको युवा तथा खेलकुद समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो  ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले देवेन्द्र तुम्रोकको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा राजेन्द्र मगर, सचिवमा लिलानाथ बाँस्कोटा, सहसचिवमा सन्देश राई र कोषाध्यक्षमा सोफिया केरुङ मनोनित भएका छन् ।

सदस्यहरुमा अर्पन राई, हर्क राई, रोसनी साँवा, कमी राई, विष्णु सम्बाहाम्फे, शुक्रराज लावती, नारायण निरौला, उद्धव ओझा, सागर फागो र चन्द्र राई मनोनित भएका छन् ।

समितिकी अध्यक्ष तुम्रोकलाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र युवा तथा खेलकुद क्षेत्रका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए ।

समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार