चुलाचुलीमा पालिकास्तरीय महिला समन्वय समिति गठन, अध्यक्षमा पौडेल

  नयाँ बुलन्द
259 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय महिला समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र महिलाको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको महिला समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो  ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा सन्तु लिम्बु, सचिवमा कला केरुङ, सहसचिवमा इश्वरा निरौला र कोषाध्यक्षमा गीता पुरी मनोनित भएका छन् ।

सदस्यहरुमा हिमा भट्टराई, उमा राई,  गोमा मिश्र, शान्तकला राई, सोनी श्रेष्ठ, सरीता राई, सृजना तामाङ र  निरुता बाँस्कोटा मनोनित भएका छन् ।

समितिकी अध्यक्ष पौडेललाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र महिला वर्गका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए ।

समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार