चुलाचुलीमा मिलन राईको अध्यक्षतामा पालिकास्तरीय आदिवासी जनजाती समन्वय समिति गठन

  नयाँ बुलन्द
301 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय आदिवासी जनजाती समन्वय समिति गठन भएको छ । गाउँपालिकाभित्र आदिवासी जनजातिको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको आदिवासी जनजाती समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो  ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले मिलन राईको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा सुदेश राई, सचिवमा छलिमाया कुमाल, सहसचिवमा विजेन्द्र लिम्बु र कोषाध्यक्षमा सरु पालुङ्वा मनोनित भएका छन् ।

सदस्यहरुमा नविनकुमार राई, प्रेमराज लावती, शशी मगर, मनोज राई, गंगाबहादुर राई, दिपक श्रेष्ठ, चन्द्रकला दनुवार, मनकुमार तामाङ, कलबहादुर धिमाल र  रनमाया थलङ मनोनित भएका छन् ।

समितिका अध्यक्ष राईलाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाभित्र आदिवासी जनजाति वर्गका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए ।

समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गराउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार