चुलाचुलीमा दलित समन्वय समिति गठन, अध्यक्षमा नेपाली

  नयाँ बुलन्द
119 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय दलित समन्वय समिति गठन भएको छ । गाउँपालिकाको दलित क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको दलित समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो  ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले जनकबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन भएको हो ।

समन्वय समितिका उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा खगेन्द्र दर्नाल, र कोषाध्यक्षमा पवित्रा बराईली मनोनित भएका छन् ।

सदस्यहरुमा भिम धमला, मानबहादुर विश्ववकर्मा, चक्र गजमेर, कल्पना विक घिमिरे, मिना दास, पवित्रा महरा र रत्नबहादुर तिरुवा मनोनित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार