भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति चुलाचुलीको अध्यक्षमा कोइराला

  नयाँ बुलन्द
182 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकामा पालिकास्तरीय भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन भएको छ । गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्न गाउँपालिकाले स्वीकृत गरेको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो  ।

कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । विवश बलिभद्र कोइरालाको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो ।

 समन्वय समितिका उपाध्यक्षमा सुन्दर कुरुप लावती, सचिवमा रुद्र प्रभात गिरी, सहसचिव चेतन आङथुपो र कोषाध्यक्षमा वविता राई मनोनित भएका छन् ।

सदस्यहरुमा धनेन्द्र केरुङ, लक्ष्मण पौड्याल, मणीकुमार केरुङ, कल्पना राई, मौषम राई र सीता दर्नाल मनोनित भएका छन् ।

समितिका अध्यक्ष कोइरालालाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा पालिका अध्यक्ष केरुङले चुलाचुली गाउँपालिकाको भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि नवगठित समितिलाई हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए ।

समितिका पदाधिकारी र सदस्यहरुलाई समितिका अध्यक्षले सपथ ग्रहण गरउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार