
ईलाम : शहिद स्मृति समाज घर निर्माणको निम्ति ईलाम जिल्ला फाकफोकथुम गाउँपालिकामा स्थानिय समाजसेवी दलबहादुर बस्नेतले जग्गा दिएका छन् ।
चलनचल्तीको हिसाबमा चार लाख बराबरको उक्त जग्गा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संरक्षक रहनेगरि दुई रोपनी जग्गा दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टि ईलामले माग गरेपछि उनले उक्त जग्गा दिने सर्तनामा कागज गरिदिएका छन् । पार्टीको जिल्ला सचिवालय सदस्य गोपी सीको उपस्थितिमा उक्त सर्तनामा कागज भएको हो ।
तिनकोठे आवास, एक शौचालय र एउटा सभाहल निर्माण गर्ने तयारि रहेको नेपाल कम्युनिस्ट पार्टि ईलामका ईन्चार्ज सुमनसिंह सीले बताएका छन् ।
उक्त निर्माण कार्य एकबर्समा पुरा गरिसक्ने योजना रहेको र कामको उत्घाटन आगामि फागुन १४ देखि २१ भित्र शहिद सप्ताहको अवशर पारेर गर्ने सुमनसिंहले बताए ।
उनका अनुसार सबै संघ/ संस्था र सहयोगि हरुको सहयोग र पार्टिको सिंगो कमिटि र जनताको श्रममा उक्त काम सम्पन्न गर्ने योजना रहेको छ ।























































