इलाम : इलाम नगरपालिका वडा नम्बर ५ बरबोटेमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । परिवार नियोजन संघ इलामको सहयोगमा वडा कार्यालयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण र परिवार नियोजनका साधनहरु राख्ने शिविर संचालन भएको हो । शिविरमा १ सय ५८ जना महिलाले सेवा लिएको सोही वडाका वडा सदस्य प्रकाश दुलालले जानकारी दिए । शिविरमा महिलाहरुका लागि परिवार नियोजनका साधनहरु आईयूसिडि र इम्लान्ट पनि राखिएको थियो ।पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको संक्रमण बढ्दै गएको हुनाले यसलाई रोक्न शिविरको आयोजना गरिएको वडाअध्यक्ष काजी बहादुर श्रेष्ठले बताउनुभयो ।साथै आजको परिक्षणमा सबै महिलाहरुको पाठेघर सामान्य रहेको उनले बताए । आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिविर गर्ने वडाले जनाएको छ ।



