इलाम नगरपालिका १ मा ६० प्रतिशत अनुदानमा चिया काट्ने मेसिन वितरण

  भक्त गुरुङ
0 Shares

इलाम : इलाम नगरपालिका वडा नम्बर १ साखेजुङमा चिया काट्ने मेसिन वितरण भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा कृषि, पशु तथा फलफुल विकास कार्यक्रमबाट मंगलबार ५ वटा चिया सहकारीहरूलाई ६० प्रतिशत अनुदानमा चिया काट्ने मेसिन वितरण भएको हो ।

इलाम नगरपालिकाका कार्यवाहक नगरप्रमुख नुतन देव दुलालको प्रमुख आथित्यमा मेसिन वितरण गरिएको हो ।

चिया काट्ने मानिसको अभाव, घरेलु हतियारको प्रयोगले चियाको काँटछाँटमा समस्या भईरहेको अवस्थामा  मेसिनरी औजारको प्रयोगले चिया खेतीमा थप सहजता हुने किसानको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार