पाँचथरमा जेसीबीले बाटो खन्ने क्रममा ढुङ्गाले लागेका एक युवकको उपचार हुँदै गर्दा मृत्यु

  नयाँ बुलन्द
10.3k Shares

फाइल तस्वीर

 

पाँचथरः जेसीबीले बाटो खन्ने क्रममा ढुङ्गाले लागेका एक युवकको उपचार हुँदै गर्दा पाँचथर अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको बाराबर्दिया गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय लालबहादुर थारु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आइतबार बिहान १०:३० बजे याङबरक गाउँपालिका वडा नम्बर ३ सामाखुस्थित  ईङ्वा हाईड्रोपावरको जेसीबीले हाईड्रोपावर जाने बाटो खन्ने क्रममा अचानक ढुङ्गा खस्न गई सोही कम्पनीमा काम गर्ने कामदारलाई ढुङ्गाले लागि घाईते भएपछि जिल्ला अस्पताल पाँचथरमा १:११ बजे ल्याई उपचार भईरहेको थियो । उपचारकै क्रमम दिउँसो १:२१ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी कार्यालयले जनाएको छ । उक्त घटना स्थलमा प्रहरी चौकी नागथर्पु पाँचथरबाट प्रहरी नायव निरिक्षक रण बहादुर कार्कीको कमाण्डमा प्रहरी टोली थप अनुसन्धानको लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार