घुर्बिसे सहकारीको अध्यक्षमा पुनःचेम्जोङ निर्वाचित,पत्रकार बोहोरासहित १० जनालाई सम्मान

  नयाँ बुलन्द
721 Shares

पाँचथर : घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनःवीरनरसिं चेम्जोङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा पञ्चमीला फेवदिन,सचिव राजकुमार श्रेष्ठ,सहसचिव शिवकुमार रसाइली,कोषाध्यक्ष विमला देवी पोखरेल रहेका छन् । सदस्यहरुमा घनेन्द्र चेम्जोङ,चन्द्रध्वज नेम्बाङ,धनश्वरी नेम्बाङ,कृष्णमाया दमाई, बालचन्द्र निरौला,तारा देवी चेम्जोङ,शेरबहादुर चेम्जोङ र केहेरसिं चेम्जोङ चयन भएका छन् । अध्यक्ष चेम्जोङ संस्था स्थापनादेखि नै निरन्तर नेतृत्वमा सर्वसहमत भएका हुन् । लेखा संयोजकमा कमल खड्का, सदस्यमा अम्बिका प्रसाद सापकोटा र रीता नेपाली  दर्जी चुनिएका छन् ।

यसैबीच,नेपाल पत्रकार महासंघ पाँचथर शाखाको कार्यसमिति सदस्य,नयाँ बुलन्द डट कमका उपसम्पादक तथा पूर्वाञ्चल दैनिकका संवाददाता समेत रहेका स्थानीय पत्रकार युद्धबहादुर बोहोरासहित विभिन्न विधामा १० जनालाई सम्मान गरिएको छ । पत्रकार बोहोरा करीब एक दशकदेखि संचारक्षेत्रमा आवद्ध भइ स्थानीय,दुर्गम क्षेत्रमा रहि निरन्तर कलम चलाउँदै आएको साथै यस संस्थाको प्रवर्धनमा सहयोग पुर्याएकोले उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष चेम्जोङले जानकारी दिए । अन्य विधामा सम्मानित हुनेहरुमा सहकारीलाई जग्गा प्रदान गर्नुहुने जग्गादाता दुर्गाप्रसाद चेम्जोङ र सुखबीर चेम्जोङ,एसईईमा उत्कृष्ट जिपीए ल्याउने शेयर सदस्य मध्येका छात्रा/छात्र खुशीमा नेम्बाङ र विधान चेम्जोङ,बालबचत तर्फ अभ्यास आङदेम्बे, उत्कृष्ट असल ऋणी महिला तर्फ सोममाया कुरुङ्बाङ र पुरुष बल बहादुर चेम्जोङ, जेष्ठ सदस्य खम्बसिं निरौला र जसमाया चेम्जोङलाई सम्मान गरिएको छ ।

शनिबार सम्पन्न सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङले सार्वजनिक गरेका थिए । १०९३ जना सदस्य रहेको संस्थामा ६१९ महिला,४६६ पुरुष, ८ संस्था साथै दुई सय २७५ जना बालबचत संख्या रहेको छ । अध्यक्ष चेम्जोङले पेश गरेको प्रस्तावित बार्षिक योजनामा जग्गा खरिद गरि सहकारीको आफ्नो भवन निर्माणको थालनी गर्ने भएको छ  ।अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको संस्थाका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

सहकारीले गत आर्थिक वर्षमा शेयर पूँजी,बचत,लगानी,सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित अहिले सम्मको वासलत ६ करोड ७५ लाख १८ हजार ८४५ रुपैयाँ ६७ पैसाको कारोवार गरेको छ । कोषाध्यक्ष विमला पोख्रेलले ८३ लाख ५८ हजार ८७२ रुपैया आम्दानी मध्ये ५३ लाख ८१ हजार ९३० रुपैया २७ पैसा खर्च कटाएर २९ लाख ७६ हजार ९४१ रुपैया ७३ पैसा शुद्ध बचत (नाफा) को हिसाव आर्थिक प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन संयोजक सारानाथ पोख्रेलले पेश गरे ।

२६ जना स्थानीय अग्रजले एक दशक अघि २६ हजार रुपैंयाबाट झोलादेखि स्थापना गरेको यस संस्थाले नाफामुखी भन्दा पनि सेवामुखी भावनाको विकाश गर्दै स्थानीय क्षेत्रमा बैंकको अभाव भएको बेलामा इलाम र पाँचथरका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । यस सहकारीले सफ्टवेयर जडान गरी सबै कारोवार डिजिटल प्रविधिको माध्यमबाट संचालन गरेको छ । सदस्यको मृत्यु भएमा काजकिरिया खर्च सहयोग स्वरुप सदस्य मृतक परिवार राहत कोष खडा गरि प्रति सदस्य १० हजार रुपैंया उपलब्ध गराउँदै आएको छ । यस वर्ष १०.५ प्रतिशत  शेयर लाभांश वितरण गरिने भएको छ ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणु ओझा,विशेष अतिथि फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष बिष्णु कुमार चेम्जोङ, अतिथिहरु जिल्ला बचत संघ पाँचथरका सदस्य सागर ओझा,राष्ट्रिय सहकारी बैंक पाँचथरका सहायक प्रमुख नवीन भट्टराई,कर्मचारी तिर्थराज बाँनिया,जनप्रतिनिधिहरु,शेयर सदस्य मध्येबाट बुद्धिजीवी ध्रुबकुमार चेम्जोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चालक समिति सदस्यहरु,विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु,समाजसेवी तथा बुद्धिजीवी लगायतको उपस्थिति थियो । संचालक समिति सदस्य केहेरसिं चेम्जोङले स्वागत मन्तव्य राखेको सभा सचिव  श्रेष्ठले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार