चियाको उत्पादन वृद्धि चियाको नयाँ पालुवा वा मुनाहरुको विकासमा भर पर्दछ । त्यसकारण Plucking को प्रमुख उद्देश्य भनेको बढीभन्दा वढी नया मुना वा पालुवाको विकास गरिकन अन्त्यमा ज्यादा मुनाफा आर्जन गर्नु नै हो ।
चिया टिप्ने कार्यलाई व्यवस्थित र वैज्ञानिक ढंग अपनाई गर्नाले बगानको अर्थिक अवस्थामा महत्वपूर्ण प्रभाव पार्दछ । चिया टिप्ने कार्य चिया खेती प्रविधिमा गरिने एक प्रमुख गतिविधि हो, जसले उत्पादनको झण्डौ १५-२० प्रतिशत लागत व्यहोर्दछ तथा लगभग ६०-७० प्रतिशत मजदुरको खपत गर्दछ ।
औसतमा एक वर्षमा ३०-३६ पटक पत्ति टिप्ने कार्य गरिन्छ । शुरुका केहि वर्षहरुमा पत्ति टिपाईवाट नगन्य मात्रामा पत्ति उपलव्ध हुने गर्दछ, जसलाई Tipping भनिन्छ । Tipping एक निश्चित उचाईमा गरिन्छ । ताकि जसले बोटलाई निर्माण (Maintainence) पातहरु प्रशस्त प्रदान गर्न सकोस् साथै निकट भविष्यमा पत्ति टिप्ने कार्यमा समेत सहजता ल्याओस् साथै निकट भविश्यमा पत्ति टिप्ने कार्यमा समेत सहजता ल्याओस् । टिपिङको उचाई विभिन्न प्रकारका काँटछाँट विधिहरुमा भर पर्ने तथा प्रायः गरी अघिल्लो LP चिन्हवाट २० सेमी माथि गरिन्छ । जुनचाहि साधारणतया पहिलो बांझी (Banjhi horizon) मेल खान आउंछ । बांझी सतह भन्नाले त्यो उचाई हो जहा औसतमा प्रत्येक पांचवटा पत्ता पछाडी पहिला हांगा (Frist Primaries) हरु सुषुप्त (Dormant) अवस्थामा जान्छन् ।
विभिन्न Pruning अनुसारका Tipping उचाईहरु यस प्रकारका छन् :
काँटछाँट प्रकार |
टिपिङ गरिने उचाई |
पहिला हांगाहरुका पात संख्या |
LS | Same leavel | Nil (Pluck to janam) |
MS | 5 cm | 1 leaf |
DS | 10-12 cm | 2-3 leaves |
LP | 20-25 cm | 5 leaves |
MP | 30 cm | 5-6 leaves |
RP | 30 cm | 5-6 leaves |
तापनि विभिन्न चियाका जातहरुका आआफ्नो विकास र वृद्धिका प्रकृयाहरु हुने गर्दछन् । जस्तै चाइना हाइव्रिडको दुई गाँठाहरु (Internode) बीचको छोटो दुरीको कारणले पहिलो बाँझी सतह LP चिन्हवाट लगभग १८ से.मी.मै पर्न जान्छ । त्यसै गरी लामो गांठाहरु (Internode) बीचको दुरी हुने जातमा पहिलो बांझी सतह ४५ सेमी वा सो भन्दा माथि पनि पर्न जान्छ । त्यसैगरी बीच भागमा निक्लेका हांगाहरुको (Primaris) दुई गांठाबीचको दुरी अक्सर गरेर छेउछाउका हांगाको भन्दा लामो हुन्छ । त्यसैले गर्दा Tipping गर्ने उचाई निक्यौल गर्दा विविध कूरामा विचार राख्नु पर्दछ । साधारणतया त्यो उचाई जहां धेरैजसो हांगाहरु शुषुप्त (Dormant) अवस्थामा हुन्छन्, त्यहि उचाईमा टिपिङ गर्नु राम्रो हुन्छ ।
टिपिङको उचाई बढी हुनुका परिणामहरु
- पत्ति टिप्न योग्य पहिला हांगाहरुको (Frist primaries) संख्यामा कम हुन्छ । तर प्रत्येक हांगाको उत्पादन चाहि बढ्ने हुन्छ ।
- शुरुको उत्पादन केही अनुपातमा बढ्छ तर पछि गएर मुनाको आकार तथा तौलमा ह्रास आउने तथा बांझी मुनाको संख्या वृद्धि हुन जान्छ ।
- हांगाहरु (Primaries) को मोटाई तथा संख्यामा तुलनात्मक रुपमा कम हुन्छ ।
विभिन्न टिपिङले पत्ति टिप्ने सतह (Plucking table) को निर्माणमा प्रभाव पार्दछ । तसर्थ उपयुक्त Tipping को उचाईले उत्पादकत्वमा समेत सम्पर्क राख्दछ । Pluckers हरुलाई Tipping sticks हरु प्रदान गरी व्यवहारिक रुपमा उचित उचाई कायम गर्न सकिन्छ ।
क्रमश ….
(राष्ट्रिय चिया तथा कफी विकास बोर्ड)