प्राविधिक विषय अध्ययन गर्ने १४ विद्यार्थीलाई इलाम नगरपालिकाद्वारा छात्रावृत्ति

  नयाँ बुलन्द
910 Shares

इलाम : इलाम नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने १४ जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

विद्यार्थीलाई नगरले इलाम नगरपालिका १ मा रहेको रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा छात्रावृत्तिको व्यवस्था गरि यो सुविधा दिएको हो ।

नगरका १२ वटा वडाबाट दुई जनाका दरले २४ जना विद्यार्थीको कोटा रहेतापनि १४ जना विद्यार्थी मात्र उर्तीर्ण भएका छन् ।

निशुल्क अध्ययन गर्न पाउनेहरुमा इलाम नगरपालिका १ बाट विशाल निरौला, प्रविना बराईली र सुरज खत्री, वडा नम्बर २ बाट मनिषा न्यौपाने, वडा नम्बर ३ बाट भूमिका गुरुङ, आस्मा थापा र सुजता राई, वडा नम्बर ५ बाट पुजा भण्डारी, वडा नम्बर ९ बाट प्रियङका भट्टराई, १० बाट छिरिङ लाप्चा रहेका छन् ।

यस्तै वडा नम्बर ११ बाट निकेश आचार्य, अनन्त राई र अनिल राई, वडा नम्बर १२ बाट स्मृति लिम्बू रहेकी छिन् ।

उनीहरुले ३ वर्षसम्म निशुल्क रुपमा पशु विज्ञान, फार्मेसी, वन विज्ञान, बाली विज्ञान र सिभिल इन्जिनियरिङ अध्ययन गर्न पाउनेछन् ।

सामुदायिक विद्यालयमा एसइई उत्तीर्ण गरेर आएका विद्यार्थीलाई मात्र यो सुविधा दिइएको नगरले जनाएको छ ।

३ वर्षको अध्ययन पश्चात विद्यार्थीले १ वर्ष नगरपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने छ । विद्यार्थीलाई निशुल्क अध्ययनका लागि नगरले यो वर्ष १० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरुलाई बधाई तथा शुभकामना दिदैं नगरप्रमुख केदार थापाले सामुदायिक विद्यालय अध्ययन गरेर आएका विद्यार्थीलाई प्रोत्साहान स्वरुप प्राविधिक विषय अध्ययन गर्ने अवसर प्रदान गरेको बताए । नगरले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुका लागि थप कार्यक्रम ल्याउने बताए ।

उपप्रमुख विष्णु दाहाल लिम्बू, शिक्षा शाखाका प्रमुख प्रेम गौतम, प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कालगायतले यो कार्यक्रमका लागि नगरले ठूलो लगानी गरेको भन्दै विद्यार्थीहरुलाई लगनशिल भएर अध्ययन गनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार