नसानको शब्द, एकान्तको संगीतमा बिमला र पुर्णको ‘मेरो मनले’ सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
119 Shares

माङसेबुङ : सञ्चरकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ ।

गायीका सीता लिम्बुको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित बैशालु यौवनले भरिएकी नारीको चञ्चल्ताले भरिएको प्रेमिल भावहरु प्रस्तुत गरिएको गीत ‘मेरो मनले’को भिडियो गायीका सीता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जीवन राईको निर्देशन तथा जनरानी चेम्जोङको कोरियोग्राफीमा चित्र मिडियोको छायांकन तथा सम्पादन रहेको भिडियोमा सोनी राईको मेकअप रहेको छ ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार