इलाममा स्क्राबल प्रतियोगिता सम्पन्न

  नयाँ बुलन्द
609 Shares

इलाम : इलाममा जिल्ला स्तरिय स्क्राबल प्रतियोगिता सम्पन्न भएको छ । अमेरिकन कर्नर इलामको आयोजना तथा स्क्राबल क्लब पोखराको प्राविधिक सहयोगमा अमेरिकन कर्नरमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा समाता शिक्षा निकेतनका सुजन खतिबडा प्रथम, जुविलेन्ट इलाइटका प्रसान्त लिम्बु दितिय, फिक्कल मा.विका स्वपनिल प्रधान तृतिय र आदर्श माध्यमिक विद्यालयका दृश्या राईले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा इलाम नगरपालिका तथा सुर्योदय नगरपालिका का ८ विद्यालयका १६ जना विद्यार्थीहरुको सभागीता रहको थियो । जिल्लामा नयाँ प्रतियोगिता भएको कारण पहिलो चरणमा सिमित बिद्यायलहरुलाई सहभागी गराएर परिक्षण स्वरुप खेल संचालन गरिएको बताइएको छ । आगामी दिनमा खेललाई जिल्लाभरका विद्यालयहरु संग समन्वय गरी विस्तार गरिने योजान अमेरिकन कर्नरको रहेको छ ।

प्रतियोगिताबाट छनौट भएका बिद्यार्थीहरु आगामी पुषको पहिलो साता गैडाकोटमा हुने राष्ट्रिय स्क्राबल प्रतियोगितामा इलाम बाट सहभागी हुने छन् । संघका अध्यक्ष इश्वरलाल चिपालुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, प्याव्सन नि. अध्यक्ष विकास कर्माचार्य, प्याव्सन बरिष्ठ उपाध्यक्ष नुनुमा राई लगायतका शुभाकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा बिक्रम पराजुली र समुन्द्र आचार्यले सहजिकरण गरेको अमेरिकन कर्नर इलामका कार्यक्रम संयोजक हेम प्रसाद पौड्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार