दाह्रे गौंडामा सेनाको गाडी दुर्घटना,१५ जना घाईते

  नयाँ बुलन्द
973 Shares

पाँचथर:  पाँचथर र धनकुटाको सीमावर्ती ६ नम्बर बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था चिन्ताजनक छ । सिकिस्त अवस्थाका २ जनालाई विराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी रातीनै काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।

दुर्घटनामा सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर शाही, लोटन थारु, देविलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी र जवान धर्मेश कापर छन् ।

उनीहरुमध्ये चालक रबि तामाङ र नायक दिलबहादुर शाहीलाई विराटनगरमा उपचार गरिँदैछ ।-जोरपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार