एमालेसँगको सहकार्य सकिएको उपेन्द्र यादवको घोषणा

  नयाँ बुलन्द
518 Shares

विराटनगर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’

यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए ।

४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार