माङसेबुङ (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा आज (आइतबार) सार्वजनिक विदा दिएको छ ।
मंसिर १८ गते धर्मगुरु आत्मानन्दको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाका तर्फबाट सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।
किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिदैं आएको छ ।
धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा विभिन्न मुलुकका किरात धर्मावलम्बीहरुको सहभागितामा धर्मगुरु जन्मोत्सव मनादैंछ । यस वर्ष लिङदेनको जन्मोत्सवको उद्घाटन र शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) इलामको माङसेबुङ आउँदैछन् ।