स्याङ्जा २ र बाजुरामा कांग्रेस, दोलखामा माओवादीको अग्रता कायम

  नयाँ बुलन्द
420 Shares

काठमाडौं : प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिंदा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

प्रतिनिधि सभातर्फ स्याङ्जाको २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् ।

प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । उनीहरुबीच १४२ मतको अन्तर छ ।  प्रदेश सभा १ तर्फ भने नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।

बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ११ हजार ७३६ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर २ हजार २२४ छ । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।

दोलखामा माओवादी केन्द्रका गंगा कार्की (विश्व)को अग्रता कायम छ । उनले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार