आत्मानन्द कप : उपाधिका लागि पाँचथर र तेह्रथुम भिड्दै

  नयाँ बुलन्द
462 Shares

फाइल तस्वीर

इलाम : इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि तिजोक फुटबल क्लब पाँचथर र छथर गाउँपालिका तेह्रथुम भिड्ने भएका छन् ।

उपाधिका लागि शनिबार दिउँसो ३ बजे आत्मानन्द खेलमैदानमा हुने फाइनलमा दुई टिम आमनेसामने हुँदैछन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा आत्मा पवित्र हक्चात यक्चुमले आयोजना प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो ।

प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, एच.एफ.सी. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कणर्सिं सोनाम एफ.सी. ताप्लेजुङ, तिजोक फूटबल क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सी. झापा र भारतको दार्जिलिङबाट एम.एफ.सी. सहभागी थियो ।

प्रतियोगिता ९ मंसिरदेख संचालन गरिएको थियो ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन हुनेछन् ।

२०६५ सालमा धर्मगुरु लिङदेनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार