यी हुन् कांग्रेसबाट छानिने समानुपातिकतर्फका सम्भावित ३३ जना सांसद

काठमाडौं : प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको हिसाब–हिताब भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिजा आइसकेको छ भने बाजुरा, दोलखा र स्याङ्जा १ मा मतगणना जारी छ ।

सत्तासीन नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५५ सिट जितेर पहिलो पार्टी बनेको छ । जारी मत गणनामा पनि बाजुरा र स्याङ्जा १ मा कांग्रेसका उम्मेदवारको फराकिलो अग्रता छ । प्रतिनिधिसभा सदस्यमा ५७  (दुई अग्रता) जना, समानुपातिकको सम्भावित  ३३ सिट र राष्ट्रियसभाका १० जना गरी संघीय संसदमा कांग्रेसका एक सय जना सांसद हुन्छन् । यसको ३३ प्रतिशत अर्थात् ३३ जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्ष १ र राष्ट्रियसभाका ३ गरी कांग्रेसबाट अहिले संसदीय दलमा ४ जना महिला छन् ।

तेह्रथुमबाट  प्रतिनिधिसभामा सीता गुरुङ प्रत्यक्षमा निर्वाचित भएकी छन्  । यसैगरी राष्ट्रियसभा सदस्यमा कमला पन्त, अनिता देवकोटा र दुर्गा गुरुङ छन् ।  अब कांग्रेसले समानुपातिकमा पाएको मतका आधारमा पाउने देखिएको ३३ सांसदमध्ये २९ जना महिला अनिवार्य रुपमा संघीय संसदमा लैजानुपर्छ ।

समानुपातिकतर्फ बाँकी ४ जना पुरुषले पनि स्थान पाउने सक्छन् । जनसंख्याको अनुपात अनुसार प्राथमिकता पाउँदा सुरुका ४ वटा कलस्टरको पहिलो नम्बरमा रहेकाहरु सांसद बन्ने सम्भावना रहन्छ । खासआर्यबाट प्रकाशशरण महत, आदिवासी जनजातिबाट गोपालमान श्रेष्ठ, मधेसीबाट विमलेन्द्र निधि र दलितबाट जीवन परियार सांसद बन्ने देखिन्छ ।

पिछडिएको क्षेत्रबाट प्राथमिकता अनुसार छनोट गर्दा भने जयपती रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । बाँकी ३३ जना महिलामा पनि विभिन्न कलस्टबाट सांसद चयन गरिन्छ ।

कांग्रेसबाट खसआर्य कोटाका ८ जना महिला सांसद हुने देखिन्छ । अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, कान्तिका सेजुवाल सांसद बन्ने सम्भावना छ ।

आदिवासीज जनजाती महिलातर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर सांसद बन्ने देखिन्छ । यस्तै मधेसी महिलातर्फ नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, निनु कुमारी कर्ण, संगीता मण्डल सांसद बन्ने देखिन्छ ।

थारु महिला कोटातर्फ कल्पना चौधरी, विनाकुमारी थनेत, जीवन राना थारु सांसद बन्दा दलित महिलातर्फ शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र विष्णुमाया परियारको सम्भावना बढी छ । यस्तै मुस्लिम महिलातर्फ जावेदा खातुन जागा र दिल कमारी सुवेदी (कमाल) सांसद बन्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार