आगामी २४ मंसिरदेखि यु-१७ एसिया रग्बी सेभेन्स प्रतियोगिता

  नयाँ बुलन्द  149 पटक हेरिएको

इलामबाट ४ जना यु-१८ राष्ट्रिय टोलीमा


इलाम : नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबार (मंसिर २४) देखि हुने भएको छ । त्रिरेश्वरस्थित दशरथ रंगशालामा संचालन हुने प्रतियोगितमामा आयोजक नेपाल सहित एसियाका ८ राष्ट्रको सहभागिता रहने छ । नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै समारोह उपसमिति, प्रावाधिक उपसमिति, खेल मैदान ब्यबस्थापन उपसमिति, बसोबास ब्यबस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक ब्यबस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ ।

रग्बीको पुरुष र महिला राष्ट्रिय टोलीमा प्रदेश १ बाट ४/४ जना पर्न सफल भएका छन् । पुरुषतर्फ इलामका मनिश हिङमाङ, मोरङका बिराज रेग्मी, उदयपुरका नविन मगर र पाँचथरका सन्दिप राई रहेका छन् ।

महिला तर्फ इलामबाट ३ जना पर्न सफल भएका छन् । इलामकी अनिता कम्मर, सुजा राई र विडिसा राई तथा पाँथचथरकी सम्झौता तुम्बापोले यु-१८ यु-१८ एसिया रग्बी सेभेन्समा स्थान बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार