इलाममा गठबन्धलाई हराउन एमाले र निर्वाचन आयोगले मिलेमतो गरेको गठबन्धनको आरोप

  नयाँ बुलन्द
2.6k Shares

इलामः प्रतिनिधि सभा अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मत परिणामप्रति नेपाली काँग्रेससहित सत्ता गठबन्धन दलले आपत्ति जनाएको छ । नतिजा आफ्नो पक्षमा आउने संभावना नदेखेपछि शिर्ष नेतालाई जिताउन नेकपा एमालेले मतगणनामै धाँधली र षडयन्त्र गरेर चुनाव जितेको आरोप लगाएको छ । काँग्रेसले चुनाव जित्ने अवस्था आएपछि चलख्याइपूर्ण तरीकाले षडयन्त्र गरेर चुनाव जितेको बताएको छ ।

मतगणना स्थगित गर्न भनिरहँदा प्रहरी प्रशासनको आडमा एकलौटि रुपमा गणना गरेर षडयन्त्रपूर्वक तरीकाले चुनाव हारिसकेका एमाले नेता सुबास नेम्वाङ्गलाई चुनाव जिताएको आरोप काँग्रेसको छ । यस्तै,मतगणनाको क्रममा ३ सय २१ वटा मतपत्र हराएको,मतदान अधिकृतको हस्ताक्षर बिनाको ४५ वटा मतपत्र समेत गणना गर्नु लगायतका ठूलो जालझेल गरेर नेम्वाङ्गलाई चुनाव जिताउन निर्वाचन आयोग नै लागेको काँग्रेस सहित गठबन्धन दलले संयुक्त रुपमा आज जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङलाई जिताउन निर्वाचन आयोगदेखि मतगणनामा बस्नेत कर्मचारी समेतको मिलेमतो रहेको आरोप काँग्रेस सहितको गठबन्धन दलले लगाएको छ । अब यसको बिरुद्धमा कानुनी रुपमा अघि बढ्ने काँग्रेस जिल्ला सभापति एवं क्षेत्र नम्बर २ का उम्मेद्धार डम्बर बहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार