किरात धर्मगुरु लिङदेनको जन्मोत्सवमा दिईएको सार्वजनिक बिदालाई निरन्तरता

  नयाँ बुलन्द
2.9k Shares

किरात धर्मगुरु आत्मानन्द लिङदेन

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरू आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा दिदैं आएको सार्वजनिक विदालाई निरन्तरता दिएको छ ।

अघिल्लो कार्यकालका गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको पालामा धर्मगुरुको जन्मोत्सवमा हरेक वेर्ष १८ मंसिरमा दिदैं आएको सार्वजनिक विदा वर्तमान अध्यक्ष हेमन्त राईले निरन्तरता दिएका हुन् ।

गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको तर्फबाट सूचना जारी गरि धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा पालिकास्तरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ ५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ ।

धर्मगुरु लिङदेनको जन्मोत्सवमा यसवर्ष उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) आउने भएका छन् । धर्मगुरु लिङदेनको ६९ औं जन्मोत्सवमा पुन माङसेबुङ आउने भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार