माङसेबुङको इभाङमा बाघ आतङ्क, गाउँले त्रसित

  राम योङहाङ
4.2k Shares

बाघले खाएर छाडेको बाच्छीको आधा भाग ।

इलाम : जिल्लाको माङसेबुङ गाउँपालिकाको इभाङमा बाघ आतङ्क बढेको छ । स्थानीय किसानले पालेको गाई र बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका छन् ।

बाघले शनिबार राती माङसेबुङ गाउँपालिका २ इभाङका एक किसानको गाईको बाच्छी खाएको छ । बाघले स्थानीय धनकुमार लोरिन्देनको गाईको बाच्छी खाएको हो ।

बेलुका गोठमा बाँधेर राखेको बाच्छी विहान हेर्दा शरीरका आधा भाग मात्र क्षतविक्षत अवस्थामा पाएको लोरिनेदेनले बताए ।

त्यसैगरी बाघले अर्का किसान विष्णु खड्काको पनि दुईवटा बाख्रा खाएको छ । बाख्रा मारे केही भाग खाएर बाँकी छोडेर गएको पाईएको हो ।

यसरी बाघको बिगबिगी बढ्दा घरका पशुहरु नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गर्न छन् । आफ्ना पशु जोगाउन गाउँलेहरु गाई गोठ र बाख्राको खोर नजिकै आगो बालेर रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार