इलाम : इलाम १ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका शम्शेर राई विजयी भएका छन् । राईले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का दिपककुमार थेवेलाई ५ सय ४१ मतान्तरमा पराजित गरे ।
राईले १२ हजार सात सय ७४ मत पाउँदा थेवेले १२ हजार एक सय ३३ मत पाए । मतदानको क्रममा प्रत्यक्ष तर्फको मतपत्र समानुपातिक निर्वाचन प्राणलीतर्फको मतपेटिका पनि खसाएको पाइएकोले अन्तिम नतिजा समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपश्चात सार्वजनिक गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको थियो ।
राई रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एमालेका काजीमान कागते निर्वाचित भएका थिए । यसपटक सो क्षेत्र एमालेले गुमाएको छ ।